चितवन, जेठ २५ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभरका विभिन्न अस्पतालबाट संक्रमित निको भएर घर फर्किएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यस्तै, ५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ६५ जनाको पीसीआर परीक्षणबाट ३ हजार ८७० र ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जना गरी ५ हजार १५३ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























