चितवन, जेठ २४ । नेपालमा एकैदिन ६ हजार ९५१ जना संक्रमित कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशभरीबाट उनीहरू संक्रमणमुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ।
यस्तै, २४ घण्टामा ४ हजार ४७२ संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २ जनाको पीसीआर परीक्षणबाट ३ हजार ३३७ र ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ जना गरी ४ हजार ४७२ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























