चितवन, जेठ २२ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाले कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
पछिल्ला केही दिन यता देशभर कोरोना संक्रमित हुने भन्दा निको हुनेको दर बढी रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ८२.८ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना संक्रमित थपिँदा ८ हजार २४३ जना निको भएका हुन्।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७१ जनाको पीसीआर परीक्षणमा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ५०२ जना गरी कुल ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























