चितवन, जेठ १२ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३० जनाको पीसीआर परीक्षणमा ६ हजार ६७७ र ३२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जना गरी कुल ६ हजार ७१४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ८४५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
Facebook Comments

























