चैत्र २७ । टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो। ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अभियोग लगाइएको छ।
मंगलबार राति ३९ वर्षीय थापामाथि गोली प्रहार भएको थियो। अष्टिन प्रहरीले मारिएका व्यक्ति नेपाली रमेश थापा भएको बिहीबारमात्र सार्वजनिक गरेको थियो।
पोखरा महानगरपालिदका १८ सराङकोट पंदेली स्थायी घर घएका थापा ११ बर्षदेखि टेक्सासको अस्टिनमा बस्दै आएका थिए। कामबाट घर फर्किदै गर्ने क्रममा आफ्नै अपार्टमेन्टको पार्किङ लटमा उनीमाथि गोली हानिएको थियो। थापाका श्रीमती र १३ बर्षका छोरा नेपालमा रहेका छन्।
घटना लगत्तै आपतकालिन टोली पुगेर बचाउने प्रयास गरेपनि नसकिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट ती आक्रमणकारी गाडी चढेर फरार भएका थिए। बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको प्रहरीले बिहीबार उनलाई सार्वजनिक गरेको हो।
आक्रमणकारीको धरौटी १० लाख डलर तय गरिएको छ। जसमध्ये साढे ७ लाख डलर हत्या र साढे २ लाख डलर आक्रमणको अभियोगमा रहेको छ।























