काठमाडौं, चैत्र २४ । नेकपा एमालेको खनाल–नेपाल समूहले वाग्मती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ। सबै तहमा समानान्तर कमिटी बनाउँदै अघि बढेको समूहले वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय कमिटी घोषणा गरेको हो।
बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा कार्यक्रम आयोजान गरी कमिटी घोषणा गरेको छ। समूहले केही दिनअघि काठमाडौँमा पनि समानान्तर जिल्ला कमिटी घोषणा गरेको थियो। समूहले आजै सुदूरपश्चिममा पनि समानान्तर कमिटी घोषणा गर्दैछ।
Facebook Comments


























