काठमाडौं, चैत्र १५ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि प्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच भेटघाट र छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
सापकोटा र ओलीबीच प्रतिनिधिसभाका विषयमा छलफल भएको थापाको भनाइ छ। ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनःस्थापित गरेपछि गत फागुन २३ गतेबाट बैठक बोलाइएको थियो।
त्यसपछि ५ पटक बैठक बसिसकेको छ। यस समयमा बसेका बैठकले खास उपलब्धि दिन सकेका छैनन्। यसैक्रममा सभामुख र प्रधानमन्त्री बीच भेट भएको हो।
Facebook Comments

























