काठमाडौं, चैत ६ । महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रवार राजीनामा गरेका छन् । खरेलले शुक्रवार पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन्।
‘सम्माननीय प्रधानमन्त्रीसँग भेटेको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु,’ खरेलले पत्रकार सम्मेलनमा भने। आगामी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी स्वरूप खरेलले राजीनामा गरेको स्रोतले बतायो।
खरेललाई २०७४ मा फागुन ८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।यसअघि फागुन ११ गते पनि उनले राजीनामा दिएको हल्ला चलेको थियो। पत्रकार सम्मेलनमा खरेलले त्यो प्रसंगलाई पनि सम्झिए।
‘आज मैले तपाईंहरूको इच्छा पूरा गर्देको छु। मेरो बारेमा केही कुरा लेख्दा मलाई सोध्या भए हुन्थ्यो,’ उनले भने।
Facebook Comments


























