काठमाडौं, फागुन २६ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिइए पनि दुवै पार्टीका सांसदहरु सत्तापक्षकै सिटमा बस्नुपर्ने भएको छ।
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर दुवै पार्टी साविककै अवस्थामा फर्किएको भन्दै पठाएको पत्र संसद् सचिवालयमा पुगेको छ। तर, सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले माओवादी केन्द्रका सांसद सत्तापक्षको सिटमा बस्नुपर्ने भएको हो।
सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार नेकपा माओवादी सत्तासाझेदार दल रहेकाले सत्तापक्षमा नै बस्नुपर्ने हुन्छ।प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्दै छ।
Facebook Comments


























