काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण देश भइसकेको दाबी गरेका छन्। सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्दै ओलीले शान्तिपूर्ण वातावरणका साथअघि बढेको बताएका हुन्।
‘अमेरिका, चीन, भारत भन्दा नेपाल शान्तीको मापदण्डमा अघि बढेको छ,’ उनले भने, ‘यसअघि नै नेपालको शान्तिको स्थिती प्यारामिटर माथि थियो। अब संयुक्त राष्ट्र संघले भरे कस्तो तथ्यांक ल्याउने हो?’ उनले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएको पनि बताए।
‘जोसुकैले आफ्नो कार्यकर्तालाई एउटा दिशामा हिडिरहेको बाटोबाट अर्को मोड्न सक्दैन,’ उनले भने, ‘यो सेफ ल्यान्डिङ हो। क्र्यास ल्यान्डिङ होइन।’
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







