काठमाडौं, फागुन २१ । सरकारसँग तीन बुँदे सहमति भएसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँ आएका छन्। उनी आजै बिहान नवलपुरमा सार्वजनिक भएका थिए। विप्लव पश्चिम नेपाल रोल्पाबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए।
अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी बिहानै हिँडेका उनी काठमाडौँ आइपुगेका छन्। उनले आजै दिउँसो राष्ट्रिय सभामा आयोजित समारोह सम्बोधन गर्नेछन्। सभामा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्नेछन्। सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन्।
Facebook Comments


























