काठमाडौं, फागुन २० । विद्रोही नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लव बिहीबार बेलुका काठमाडौं आइपुग्दै छन्। सरकारले उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याउने तयारी गरे पनि उनी गाडीमार्फत नै काठमाडौं आउन लागेका हुन्।
शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ। सोही कार्यक्रमका लागि विप्लव काठमाडौं आएका हुन्। हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भन्दै विप्लव पार्टीले व्यवस्था गरेको गाडीमै काठमाडौं आएको एक नेताले बताए।
Facebook Comments


























