हेटौंडा, फागुन १७ । नेकपाका प्रचण्ड–माधव समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले केही दिनमा नयाँ सरकार गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल बागमती प्रदेश हेटौंडाको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले केपी ओली सरकारको अवधि सकिएकाले केही दिनमै नयाँ सरकार गठन हुने बताएका हुन्।
साथै मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीलाई कम्युनिस्ट आन्दोलन र गणतन्त्रको माया भएको भए उहिल्यै राजीनामा दिइसक्नुपर्ने बताए। पत्रकारले नै ‘कू’ को समर्थन गरे।
नेकपा विभाजनपछि दाहाल–नेपाल समूहमा प्रेस संगठनको इन्चार्जको जिम्मेवारी पाएका भट्टराईले ओलीले संसद् विघटन गर्दासमेत उनकै पक्षमा उभिएको भन्दै गुनासो गरे।
‘ओलीले संविधान कुल्चिँदा, संविधानलाई कू गर्दा पनि त्यसको विरोधको साटो समर्थनमा ताली पिट्दै केही पत्रकारहरु नै लाग्नुभयो। यो जति दुर्भाग्य अरु के हुनसक्छ र?’, उनले भने।
व्यवस्था परिवर्तनमा प्रेसको अतुलनीय भूमिका रहेको र समग्र प्रेस जगतलाई स्वतन्त्र राख्न आफ्नो समूह प्रतिबद्ध रहेको बताए। भट्टराईले कम्युनिष्ट आन्दोलनले नपत्याएको भन्दै अन्य दलमा पनि आन्दोलनको मर्म भावना नबुझ्दा बडारिनु परेको इतिहास स्मरण गराएका थिए।
उनले भने, ‘विगतमा थुप्रै नेताहरु बढारिएका छन्, ओलीले पदत्याग गरेर कम्युनिस्ट आन्दोलन बचाउनुपर्नेछ।’ केपी ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफु विश्वस्त रहेको उनको भनाइ थियो।
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









