काठमाडौं, फागुन ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूह निकट प्रेस संगठन नेपालको इञ्चार्जमा योगेश भट्टराई चयन भएका छन्। पार्टी विभाजन अघि राजेन्द्र गौतम इञ्चार्ज थिए। उनी अोली समूहमा लागेपछि उक्त रिक्त पदमा भट्टराई चयन भएका हुन्।
संगठनको सहइन्चार्जमा विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्मा रहेका छन्। यस्तै महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन भएका छन्।
१९ सदस्यीय केन्द्रीय कार्यालय पनि विस्तार गरिएको छ। कार्यालय सदस्यमा सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई चयन भएका छन्।
त्यस्तै साविक प्रेस सेन्टरबाट कार्यालय सदस्यमा मनोज घर्तिमगर, देवराम यादव ,कमल गिगरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी तोकिएका छन्।

























