चितवन, माघ २४ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसका नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज (शनिबार) देशभर प्रदर्शन गर्दैछन्।सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनस्वरुप कांग्रेसको भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुले आज देशभर प्रदर्शन गर्न लागेका हुन्।
काँग्रेस निकट शुभेच्छुक संस्थाहरुले आज भरतपुरको चौबिसकोठीमा बिरोध प्रदर्शन गर्दैछन्। सरकारले गरेको असंबैधानीक कदमको बिरोधमा केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा पनि शुभेच्छुकहरुले बिरोधको कार्यक्रममा गर्न लागेका हुन्। बिरोध अघि जिल्लाको सदरमुकाम भरतपुरका बिभिन्न स्थानबाट र्याली भरतपुरको चौबिसकोठीमा पुगेर बिरोध सभामा परिणत हुने छ। भरतपुरको केन्द्रिय बस ट्रमिनलबाट ट्रेड युनियन काँग्रेसको बिरोध र्यालि, शिक्षक संघको कार्यालयबाट शिक्षहरुको र बिरेन्द्र वहुमुखि क्याम्पसबाट अन्य संघ संस्थाको र्याली निस्कने छ।
यसअघि माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले देशभरका भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई विरोधमा उतार्ने निर्णय गरेको थियो।सोही निर्णय अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन्। भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले विरोध प्रदर्शनमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न मातहतलाई निर्देशन दिएका छन्।
काँग्रेसले जिल्ला कार्यसमितिहरुलाई फागुन ३ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न निर्देशन दिएको छ। यसअघि कांग्रेसको निर्देशनअनुसार १३ भ्रातृ संगठनहरु माघ १९ गते देशभर प्रदर्शन गरेका थिए।
संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाइने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्ने काँग्रेसले बताएको छ।


























