काठमाडौं, माघ २२ । सरकारविरूद्ध आन्दोलनको घोषणा गरेको नेकपा प्रचण्ड माधव समूहले आज आम हड्ताल आह्वान गरेको छ। आमहड्ताललाई सफल बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्ड पनि सडकमा उत्रिएका छन्।
सातदोबाटोमा प्रदर्शनकारीबीच प्रचण्डले केहीबेर नाराबाजी गरेका थिए। उनले आन्दोलन सशक्त बनाउन कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। आम हड्ताल सफल बनाउन र पसल ब्यवसाय बन्द गर्न नेता कार्यकर्ता हुल बाँधेर निस्केका छन्। हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन्।
Facebook Comments


























