काठमाडौं, माघ २२ । राजधानीको सामाखुसीबाट प्रचण्ड–नेपाल पक्षका ५ कार्यकर्ता पक्राउ परेका छन्। जबरजस्ती बन्द गराउँदै हिँड्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
प्रचण्ड नेपाल समूहका राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटाले गोंगबु–सामाखुसीबाट एकाबिहानै मिलन तमाङ, समीर तामाङ, रमेश तामाङ, राज कुमार तामाङ र राजेन्द्र पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको बताए। प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा गरेको नियुक्तिलगायतका विषयमा विरोध गर्दै आमहड्ताल गरेको हो।
Facebook Comments


























