काठमाडौँ, मंसिर २० । बुधबार बेलुकालाई डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरिएका पदाधिकारीले सुनुवाइ बिनै कार्यभार सम्हाल्न लागेका बेला परिषदको बैठक डाकिएको थियो।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार डाकेको बैठकमा नियुक्ति सिफारिस गरिएका व्यक्तिलाई राष्ट्रपतिबाट सिधै नियुक्ति गर्नअघि कानुनी प्रकिया लगायतका विषयमा छलफल गर्न लागेका थिए। तर बुधबारको बैठक स्थगित भएको सूचना सदस्यहरूलाई पठाइएको छ। बैठक किन स्थगित गरियो भन्नेबारे केही खुलाइएको छैन।
गत मंसिर ३० प्रधानमन्त्री ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने परिषद सम्बन्धि अध्यादेश ल्याउँदै विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेका थिए।
Facebook Comments


























