चितवन, माघ २० । उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा हिरा श्रेष्ठ बिजयी भएका छन्। आज बिहान आएको अन्तिम मतपरिणाममा आफ्नो प्रतिद्वन्द्वीलाई फराकिको मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनले ७९९ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी शेषकुमारी ओलि सडौलाले ४७६ मत ल्याएकी छन्। त्यस्तै वाणिज्य तथा उद्योगतर्फको सदस्यमा समेत लोकतान्त्रिक प्यानलका धेरै उम्मेदवार विजयी भएका छन्।
वाणिज्यतर्फ बिक्रम खड्का, कुमार खनाल, बिनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्र बहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन्। उद्योगतर्फ जगत बहादुर पाण्डे, शंकर कंडेल, किरण बुर्लाकोटी, कृष्ण बहादुर श्रेष्ठ, अनुप अधिकारी र बिक्रम चौधरी विजयी भएका छन्।
Facebook Comments


























