चितवन, माघ १७ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज चितवनमा आउने भएसगैँ बिहानै विरोध सुरु भएको छ। अनेरास्वीयू चितवन सम्बद्ध विद्यार्थीहरुले कालो विरोध पत्र सडक भरि फाल्दै र टायर बालेर विरोध गरेका छन्। नारायणगढ सहित जिल्लाका विभिन्न स्थानमा शन्तिपूर्ण तवरले कालोपत्रमा नारा सडकमा फाल्दै विरोध गरेका हुन्।
उनीहरुले आँपटारी र गोन्द्रगंमा टायर बालेर नाराबाजीसहित विरोधमा उत्रिएका थिए। असंवैधानिक कद खारेज गर, प्रतिगामीहरु होसियार, पार्टी एकता जिन्दावाद लगायतका नारा लेखिएको कालो पत्र सडक भरि फालेका छन्।
प्रधानमन्त्री ओलीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्याससगैँ जनसभालाई सम्बोधन गर्न चितवन आउन लागेका हुन्। यता प्रधानमन्त्री ओली आउने भएपछि स्थानिय प्रशासनले भरतपुरको विभिन्न चोकहरुमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। भरतपुरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।


























