चितवन, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज भरतपुर आउँदै छन्। भरतपुरका दुई विकास आयोजनाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेकाहुन्।
प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्नेछन्। भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम सुरु भएको छ। यस्तै नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको छ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी रु एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ।
यस्तै आजै भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न साढे १२ बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

























