दोहा, माघ १६ । कुवेतबाट ४ नेपालीको उद्धार गरिएको छ। गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतमा रोजगारी गुमाइ बिचल्लीमा परेका चार नेपालीको उद्धार गरिएको हो। उद्धार गरिएकाहरू तनहुँका राजु सावत, तेह्रथुमका भिमार सिङ लिम्बु, मकवनपुरका यादब ढुंगाना र सिरहाका अजय कुमार मन्डल रहेका छन्।
उनीहरुलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परीक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी घरसम्म पुग्ने गरिको बसको टिकटको ब्यबस्था गरिएको गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए।
साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भए एनआरएनए कुवेतमा सम्पर्क गर्न पनि अध्यक्ष केसीले अनुरोध गरेका छन्। कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए।
नेपाल जनाको लागि हवाई टिकट, पीसीआर परीक्षण, अवैध भएर समस्या परेका लगायतलाई सहयोग गरेर काठमाण्डौ बिमान स्थलदेखि घरसम्म पुग्ने खर्चसमेत व्यवस्था गरिने उनले बताए।