चितवन, माघ १३ । रत्ननगर-१० स्थित हरिहर मन्दिर नजिकै आज (मंगलबार) बिहान ९ बजेको समयमा मिनिबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिम तर्फ आइरहेको बा २ ख ५६७४ नं को सनराइज बोडिङ स्कुल भरतपुरको मिनिबसले पश्चिमबाट पूर्वतिर जादैगरेको बा ९२ प ५२०४ नं मोटरसाइकललाई ठक्कर दिँदा सोलुखुम्बु टापटिङ ५ बस्ने वर्ष २४ को अनिल मगर र सुनसरीको धरान ९ बस्ने वर्ष २० को गौरव राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मगर र राईको पुरानो मेडिकल कलेज भरतपुरमा आज बिहान ९ः३५ बजे निधन भएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविन कार्कीले जानकारी दिए।

Facebook Comments


























