काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन गर्दैछ।
संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरेको कांग्रेसले आज ६ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शन गर्न लागेको हो।
विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत गरेका छन्। उनले वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गरेका हुन्।
Facebook Comments


























