काठमाडौं, माघ ७ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आइतवारदेखि निरन्तर बहस भइरहेको छ। यसैक्रममा बुधवार पनि सर्वोच्चको संवैधानिक इजलासमा बहस शुरु भएको छ।
आजबाट बहस गर्ने अधिवक्ताहरुलाई आधा घण्टाको समय निर्धारण गरिएको छ। प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ताहरुलाई आधा घण्टाको समय निर्धारण गरिएको बताए।
अहिले संसद विघटनको मुद्धामा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बसह गरिरहेका छन्। प्रधानन्यायधीश जबराले आधा घण्टाको समयमा बहस सक्न आग्रह गर्दै आजबाट बहसका लागि आधा घण्टाको मात्रै समय छुट्याइएको बताए। तर अधिवक्ता ज्ञवालीले भने १ घण्टा नै बहस गर्न पाउनुपर्ने मागसहित बसह शुरु गरेका छन्।
यसअघि उक्त मुद्धामा अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे। जसको कारण समय अपुग भएको भन्दै समय कटौती गर्दै आधा घण्टाको समय निर्धारण गरिएको हो।


























