काठमाडौं, माघ ३ । प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दाहाल-नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टी फर्कन आह्वान गरेका छन्। काठमाडौंमा आज आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेकाले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको बताएका हुन्।
‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने,’ उनले भने, ‘तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा आउनुस्।’
Facebook Comments


























