चितवन, पुस २५ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले भरतपुको चौबीसकोठिमा प्रदर्शन गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा गर्दै छ।
कांग्रेस केन्द्रीय कार्यालयले जनाएअनुसार देशभर ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन्। प्रदर्शनलाई सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका नेताहरूले सम्बोधन गर्ने छन्।


Facebook Comments


























