चितवन, पुस ५ । निर्माण थालिएको ८ महिनामै आकाशे पुल ठडिएको छ। सवारी चाप रहने पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-२ टाँडी चोकमा पैदल यात्रुलाई वारपार गर्न सहज होस् भनि वैशाख १८ मा आकाशे पुलको शिलान्यास गरिएको थियो। कोरोना महामारी र लकडाउनका कारण सिर्जित असहज परिस्थितिको बीचमै काम थालिए पनि छोटो समयमै पुलको अधिकांश संरचना तयार भइसकेको नगर प्रमुख नारायण वनले बताए। उक्त पुल जिल्लाकै पहिलो आकाशे पुल हो।


पुल निर्माण गर्न वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले दुई करोड ६२ लाख रुपैयाँ छुट्याएका थिए। नगर प्रमुख वनका अनुसार प्रदेश सरकारबाट १ करोड विनियोजन भएको र बाँकी रकम नगरपालिकाले नै लगानी गरेको हो। पुल बनाउन हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लि भरतपुरले गत फागुन २ मा दुई करोड ४२ लाख रुपैयाँमा ठेक्का लिएको थियो।
५२ मिटर लामो आकाशे पुलमा दुवैतर्फबाट आवतजावत गर्न मिल्छ। जमिनको सतहसम्म कंक्रिट र त्यसमाथि स्टिल प्रयोग गरिएको नगर प्रमुख वनले बताए। उनका अनुसार पुलको दुवैतर्फ दायाँबायाँ ५०-५० मिटर बिजुलीको तारलाई भूमिगत गरिएको छ। त्यसका लागि नगरपालिकाले आन्तरिक श्रोतबाट ४० लाख रुपैयाँ छुट्याएको थियो।


पुल बनेसँगै यात्रुलाई सडक पार गर्न सहज हुने र दुर्घटनाको जोखिमसमेत घट्ने नगरपालिकाले विश्वास लिएको छ। ‘टाँडी पूर्वी चितवनकै व्यस्त चोक हो। पैदल यात्रुले सडक वारपार गर्न आकाशे पुल प्रयोग गर्न थालेपछि ट्राफिक व्यस्थापनमा सहजता थपिनेछ, स्वतः बाटो काट्ने क्रममा हुने गरेका दुर्घटना पनि घट्नेछन्,’ उनले भने, ‘यसले नगरपालिकाको सौन्दर्यलाई बढावा समेत दिनेछ ।’
आकाशे पुलमा अब नेपालको राष्ट्रिय भण्डालगायत मात्रै राख्न बाँकी छ। उक्त काम सकिएपछि पुलको छिट्टै उद्घाटन गरिने नगर प्रमुख वनले लगातार न्यूजसँग भने।
















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











