काठमाडौं, पुस १ । नेपाली कांग्रेसले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ। बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको हो। सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक बोलाएको हो।
बैठकले पार्टीको औपचारिक धारणा स्पष्ट गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले थप अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा त्यस विरुद्ध कसरी उत्रिने भन्ने रणनीति पनि कांग्रेस बैठकले तय गर्ने छ।
Facebook Comments


























