चितवन, मंसिर २८ । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन उद्घाटन भएको छ। बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको निर्वाचन हुने भएकाले संघको अधिवेशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ। साधारण सभाको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका व्यवसायीहरुले उद्योग र व्यापारलाई आधुनिकतामा रुपान्तरण गर्नुपर्ने बताए।
कार्यक्रममा संघका अध्यक्ष राजाराम रेग्मीको कार्यकालमा सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारी तथा वाल श्रम न्यूनीकरणमा योगदान दिएका वडा नं १४ का सचिव बासुदेव रिजाललाई कदरपत्रले सम्मान गरिएको थियो। कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाल ढकाल, नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ, संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। साधारण सभाको बन्द सत्रमा महासचिव निराजन खनालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष देविप्रसाद डल्लाकोटीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा विभिन्न प्रस्तावहरु पारित भएको छ। कार्यक्रममा दुई वटा क्लवहरुलाई संघले पोसाक समेत सहयोग गरेको छ।
संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सांसद हरि अधिकारी, प्रदेश सांसद कृष्ण खनाल, घनश्याम दाहाल, कन्चन खनाल लगायतको सहभागिता रहेको थियो। भोली (सोमवार) विहानबाट सुरु हुने मतदानबाट बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु चयन हुदैछन्। संघको नेतृत्व हात पार्न नेकपा र नेपाली काँग्रेस निकटका व्यवसायीहरु दुई प्यालन चुनावी मैदानमा छन्। संघको वरिष्ठ उपाध्यक्ष सहित २१ पदमा निर्वाचन हुँदैछ। त्यसका लागि ४३ जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन्। २९ गते हुने मतदानमा बरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली काँग्रेस निकटका व्यवसायी देबेन्द्रकुमार श्रेष्ठको प्रतिस्पर्धा हुदैछ। बणिज्य तर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली काँग्रेसबा कविन घिमिरे तथा स्वतन्त्र उम्मेदवारका रुपमा देवीप्रसाद डल्लाकोटीले उम्मेदवारी बनेका छन्।
उद्योग तर्फको उपाध्यक्षमा नेकपाका पुरु खनाल र नेपाली काँग्रसबाट निरञ्जन थापा,एशोसियट उपाध्यक्षमा नेकपाका राममणि थपलिया र राप्रपाका हरिप्रसाद अधिकारीले वीच प्रतिस्पर्धा हुदैछ। महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली काँग्रेसबाट माधवप्रसाद पौडेल र कोषाध्यक्षको लागि नेकपाबाट उपेन्द्र शर्मा आचार्य र नेपाली काँग्रेसबाट मीना उप्रेती उम्मेदवार बनेका छन्। बाणिज्य सदस्यको लागि नेकपा बाट अर्जुन बस्ताकोटी, इश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुवेदी, सुरेन्द्र दुवाडी, सुर्यप्रकास रेग्मी, प्रकासमणि सापकोटा, उत्तम घिमिर र नेपाली काँग्रेसबाट सुरेन्द्रकुमार श्रेष्ठ, यामनाथ आचार्य, हेमराज आचार्य, कृष्ण चौधरी, सागर दुवाडी, सिताराम भट्टराई, बुद्धराम जोशी, सुर्यकान्त पौडेल चुनावी मैदानमा छन्।
उद्योग तर्फ सदस्यका लागि नेकपाबाट अनुप विसुराल, सुवास मिश्र, उद्धबकुमार कोर्इराला, रामप्रसाद पाण्डे, महेन्द्र घिमिरे, विरञ्जना सापकोटा र नेपाली काँग्रेसवाट बुद्धिराज ओझा, अरुणकुमार सिवाकोटी, शम्शेर घामल्य, सविन मानन्धर, कपिल ढकाल र हरिशरण भट्टराई बीच प्रतिस्पर्धा हुँदैछ। महिला सदस्यमा नेकपाबाट निर्मला सुवेली र नेपाली काँग्रेसबाट उर्मिलादेबी पोखरेल चुनावी मैदानमा छन्। बस्तुगत उपाध्यक्षमा नेपाली काँग्रेसका रघुनाथ भट्ट,बस्तुगत सदस्यमा नेपाली काँग्रेसका शिबराज मैनाली र नेकपाबाट एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भएका छन्।
संघको बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य निर्बाचनको लागि १ हजार ३२५ जना व्यवसायीहरुले मतदान गर्ने निर्वाचन अधिकृत अधिबक्ता रामकृष्ण अधिकारीले जानकारी दिए। नेकपाको संयुक्त प्यानल चुनाबी मैदानमा रहेकाले नेपाली काँग्रेस निकटका व्यवसायीहरु दवावमा परेका छन्। तर पनि व्यवसायिक सुरक्षाको स्पष्ट खाका सहित निर्वाचनमा गएका कारण काँग्रेस निकटका व्यवसायीहरु निर्वाचनमा सफलता हात पार्नेमा ढुक्क रहेको बताएका छन्। नेकपाका व्यवसायीहरुले भने निर्वाचनमा आफ्नो स्पष्ट बहुमत रहेकाले जित हात पार्न सहज रहेको बताएका छन्। २१ औं साधारण सभा तथा अधिवेशनले बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ। ७ सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ।


























