काठमाडौं २ मंसिर । अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजमा पढ्न जाने नेपाली विद्यार्थीको संख्या घटेकाे छ। काेभिड-१९ महामारीसँगै अमेरिकाकाे अध्यागमन नीतिका कारण अमेरिका पढ्न जाने नेपाली विद्यार्थीकाे संख्यामा ३ दशमलव ८ प्रतिशतले कमी आएको हाे। अमेरिकामा विद्यार्थी पठाउने २५ मुलुकभित्र नेपाल पनि पर्दछ। अन्य मुलुकहरुबाट समेत अमेरिकामा अध्ययन गर्न जाने विलार्थीको संख्यामा कमी आएको छ।
गतवर्ष अमेरिकामा भारतीय विद्यार्थी भर्नाको संख्यामा ४ दशमलव ४ प्रतिशतले कमी आएको थियो। कोरोना महामारीका कारण अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा ४२ प्रतिशतले कमी आएको छ। अमेरिकामा बढी विद्यार्थी पठाउने अन्य दुई दक्षिण एसियाली मुलुक बंगलादेश र पाकिस्तानबाट जाने विद्यार्थीको संख्यामा समेत कमी आएको छ। अमेरिकामा भारत र चीनबाट सबैभन्दा धेरै विद्यार्थी जाने गर्दछन्।























