कार्तिक २० । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजय उन्मुख भएका छन्। विस्कन्सिनमा (१०) र मिसिगनमा (१६) इलेक्टोरल मत रहेको यी दुबै राज्यमा २०१६ को चुनावमा ट्रम्पले जित हासिल गरेका थिए।
उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्याएका छन्। नेपाली समयअनुसार बिहीबार बिहान यो समाचार तयार पार्दासम्म उनले २६४ सिटमा जित निश्चित गरेका छन्।
उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ सिटमै आफूलाई सीमित राखेका छन्। विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडेन विजयको बाटोमा उन्मुख रहेका हुन्।
Facebook Comments




















