काठमाडौं, कार्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारबाट राजीनामा नदिने प्रष्ट पारेका छन्। बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उनले आफूले राजीनामा दिए देश बर्बादीतर्फ जाने बताएका छन्।
‘तपाईहरु विचार गर्नुस के मैले राजीनामा दिन मिल्छ ? मेरा लागि होइन देशका लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ जान दिनु हो। त्यसकारण मैले राजीनामा दिनेवाला छैन्,’ उनले भने। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्रीको राजीनामा माग भइरहेका बेला उनको यस्तो भनाई बाहिर आएको हो।
Facebook Comments




















