कार्तिक १९ । अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ। इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन्। पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ।
कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए। मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन्। ५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म ९ राज्यको मतपरिणाम सार्वजनिक भएको छ।
बीबीसीका अनुसार घोषित मतपरिणाम अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ४४ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले ३७ इलेक्ट्रोरल मत प्राप्त गरेका छन्। राष्ट्रपति पदमा विजेता हुन २७० इलेक्ट्रोरल मत आवश्यक हुन्छ। एजेन्सी
Facebook Comments




















