चितवन, कात्तिक १६ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भाेजराज अधिकारी काेराेना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य सेवामै तल्लिन डा अधिकारी संक्रमण पुष्टि भएकाे १० दिनपछि संक्रमणबाट मुक्त भएका हुन्। डा अधिकारीले आइतबार साँझ फेसबुकमा स्टाटस लेख्दै आफू काेराेना संक्रमणमुक्त भएकाे जानकारी गराएका हुन्। यसअघि भरतपुर अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेन्ट एवम् हाडजाेर्नी विषेशज्ञ डा श्रीराम् तिवारी, भरतपुर अस्पतालकै प्रसूति विभाग प्रमुख एवम् स्त्री राेग विषेशज्ञ डा सुनिलमणि पाेखरेललगायतलाई पनि काेराेना संक्रमण पुष्टि भएकाे थियाे। उनीहरु सबै संक्रमणमुक्त भएर काममा फर्किसकेका छन्।
Facebook Comments


























