चितवन, कार्तिक २ । चितवनमा थप ५६ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४९ सहित ५६ जनामा कोरोना पुष्टि भएको हो। यो संगै चितवनका संक्रमितको संख्या ३३ सय १७ पुगेको छ।
४ सय ३१ नमुना परीक्षण गरिएकोमा ३ सय ७५ जनाको कारोना नेगेटिभ आएको छ। जसमध्य भरतपुर महानगरपालिकाका १८ पुरुष र १६ महिला,राप्ती नगरपालिकाका ३ महिला,खैरहनी नगरपालिकाका २ पुरुष,१ महिला, रत्ननगर नगरपालिकाका २ पुरुष ३ महिला,कालिका नगरपालिकाका १ पुरुष र इच्छाकामना गाँउपालिकाका ३ पुरुष रहेका छन । यस्तै नवलपरासीका १ पुरुष १ महिला र पर्साका ४ पुरुष १ महिलाको संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुरका विभिन्न अस्पताल र क्वारेन्टिनबाट श्वाब संकलन गरिएको थियो ।

Facebook Comments


























