काठमाडौं, असोज २८ । बितेको २४ घण्टामा नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार ९४७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा ९५६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ६९९२ जना
प्रदेश २ मा १५१३३ जना
वाग्मती प्रदेश ३२१२७ जना
गण्डकी प्रदेशमा ४३८० जना
प्रदेश ५ मा १११०६ जना
कर्णाली प्रदेशमा ३५३६ जना
सुदूरपश्चिम प्रदेशमा ७६८० जना
Facebook Comments


























