चितवन, असोज २८ । पछिल्लो २४ घण्टामा थप २ हजार १७४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८० हजार ९५४ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० रहेको थियो। देशमा कुल संक्रमितमध्ये ६८.६ प्रतिशत निको भएका छन्।
मन्त्रालयका अनुसार मंलगबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६३ पुगेको थियो। पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ।
Facebook Comments


























