असोज २५ । रातो अर्थात् सुकेको खुर्सानी सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक हुने हालै गरिएको एक अनुसन्धानले देखाएको छ। रातो खुर्सानीको सेवनले मानिसको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुने बताइएको छ। अनुसन्धानकर्ताका अनुसार रातो खुर्सानी सेवनले मानिसको आयु बढाउन समेत मद्दत गर्छ। आज हामी तपाईलाई रातो खुर्सानी सेवनले हुने फाइदाहरुबारे बताउन गइरहेका छौं।
रातो खुर्सानीले खाएमा केही उपयोगी तत्वहरु पाइन्छ जस्तै अमीनो एसिड, एस्कार्बिक एसिड, फोलिक एसिड, सिट्रिक एसिड, मैलिक एसिड, मैलोनिक एसिड आदि। रातो खुर्सानी हरियोभन्दा निकै लाभदायी हुन्छ।
रातो खुर्सानीले कपाल चम्काउनुका साथै छालामा रक्तसंचार प्रदान गरी स्वस्थ बनाउँछ। गर्भवती महिलाको पेटमा हुर्किरहेको बच्चाको प्रजनन अंग विकास गराउन मदत गर्छ।
धेरै मानिसहरु खुर्सानी खानु राम्रो मान्दैनन् तर बेलायतमा गरिएको शोधका अनुसार यसले शरीरमा क्यालोरी उत्पादनमा सहयोग गर्छ र शक्ति प्रदान गर्छ।
रातो खुर्सानीमा फोलिक एसिड पर्याप्त मात्रामा हुन्छ। यो यस्तो तत्व हो जसले गर्भवती महिलाहरुका लागि एकदमै फाइदाजनक मानिन्छ। फोलिकले यसले रक्तचाप कम गर्छ र क्यान्सरबाट पनि बचाउँछ।


















