चितवन, असोज २४ । भरतपुर महानगरपालिकाका विभिन्न स्थानहरुमा आज (शनिबार) पनि विद्युत अवरुद्ध हुने भएको छ। बुश कटिङ कार्य गर्नका लागि १३२/३३/११ केभिए भरतपुर बसेनी सबस्टेशनबाट सञ्चालित पाँच वटा फिडरहरु सटडाउन गर्न लागिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बिहीबार एक सूचना जारी गरी जानकारी दिएको हो।
आज (शनिबार) कल्याणपुर फिडर बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म, नारायणगढ फिडर बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म, भृकुटी फिडर बिहान ८ बजेदेखि १० बजेसम्म, गैंडाकोट र औधोगिक २ फिडर दिउँसो १ बजेदेखि ४ बजेसम्म अवरुद्ध हुने केन्द्रका इन्जिनियर विनोद सापकोटाले जानकारी दिए।
Facebook Comments


























