काठमाडौं, असोज १७ । बितेको २४ घण्टामा २ हजार १२० संक्रमित थपिएका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ।
एकैदिन २ हजार ४४ जना कोरोना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ। अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ। उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार ४ हजार २७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा छन्।
Facebook Comments


























