चितवन, असोज १७ । त्रिवेणी नदी तर्ने क्रममा एउटा गैंडा मरेको छ। शनिबार बिहान निकुञ्जको पश्चिमी किनार त्रिवेणी बगरमा रहेको गैंडा नारायणी नदीमा पसेकोले मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। २५/३० वर्षको जस्तो देखिने पोथी गैंडा रहेको अधिकृत बरालले बताए।
चितवन निकुञ्जमा शुक्रबार मात्रै पनि नवलपुर लामीचौरमा रहेको निकुञ्जको पोस्टदेखि तीन किलोमिटर दक्षिणमा निकुञ्जभित्र एउटा गैंडा मृत अवस्थामा फेला परेको थियो। चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्ष सुरु भएको साउन महिनायता शनिबारसम्म पाँचवटा गैंडा मरेको सूचना अधिकारी अशोक रामले जानकारी दिए।
Facebook Comments


























