चितवन, असोज १६ । चितवन राष्ट्रिय निकुञ्ज भित्र दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मृत फेला परेको छ । शुक्रबार नवलपुर लामिचौरमा रहेको निकुञ्जको पोष्टदेखि ३ किलोमिटर दक्षिणमा निकुञ्जभित्र गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अशोक रामले जनका्ी दिए। गैंडाको खाग खुर सुरक्षित नै छ । तर लगभग दुई महिनाअघि मरेको आशंका गरिएको गैंडाको उमेर र लिंग छुट्याउन नसकेको सूचना अधिकारी रामले बताए।
चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता मरेको यो चौथों गैंडा हो । यसअघि निकुञ्जभित्र गएको भदौ २१ गते एउटा गैंडा मृत भेटिएको थियो ।
Facebook Comments


























