चितवन, असोज ५ । चितवन मेडिकल कलेज (सीएमसी) ले सञ्चालन गरेको कोरोना परीक्षण प्रयोगशालामा प्राविधिक समस्या आएको छ। प्रयोगशालामा आएको प्राविधिक समस्याले तीन दिनदेखि कोरोनाको नमूना परीक्षण रोकिएको प्रयोगशालाका प्रमुख सञ्जय यादवले जानकारी दिए।
उनले आवश्यक मर्मत लगायतका काम भैरहेको जानकारी दिए। मंगलवारबाट प्रयोगशालालाई नियमित रुपमा सञ्चालन गरिने उनले बताए।
Facebook Comments


























