चितवन, असोज ४ । चितवन मेडिकल कलेजमा कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको आज बिहान निधन भएको छ।
कलेजले आज एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो। विज्ञप्तिमा भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका मृतकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ। विज्ञप्तिमा सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै चिकित्सक र नर्सहरुले बचाउन नसकेको उल्लेख गरिएको छ। मृतकमा उच्च रक्तचापको समस्या रहेको पनि कलेजले जनाएको छ।
Facebook Comments


























