काठमाडौं, असोज ३ । पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४५ हजार २६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा १ हजार २०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्। हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्।
Facebook Comments


























