काठमाडौं, असोज ३ । कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ।
यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो। शुक्रबार मोरङ र काठमाडौँका २/२, ललितपुर, भक्तपुर र नवलपरासीका १/१ जनाले ज्यान गुमाएका थिए। बिहीबार कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो। त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो। त्यसैगरी गत मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो भने सोमबार एकैदिन १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए।
मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए। गत शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो। कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो।


























