चितवन, असोज ३ । चितवन कारागारका १७ जना कैदीले माफी पाएकाछन्। सरकारले संविधान दिवसको अवसरमा उनीहरुलाई माफी दिएको हो। आधा सजाय भोगेर १७ जना छुटेका छन्।
छुट्नेमा सावरी ज्यानका १२ जना, कर्तव्य ज्यानका २ जना, ज्यान मार्ने उद्योग, आत्महत्या दुरुस्ताहन, चोरीका एक एक जना छन्। कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले कैद सजाय मिनाहा भएकालाई घर पठाइएको बताए।
चितवनका २, नवलपरासीका ३ जना छन्। यस्तैसोलुखुम्बु, तनहुँ, कैलाली, सुनसरी, धादिङ, गोर्खा, काभ्रे, बर्दिया, मकवानपुर, बारा, डोल्पा र दोलखाका एक एक जना छन्। कारागारमा हाल ६ सय ६७ जना कैदी थुनुवा छन्। ४ सय ३ जना कैदी र २ सय ६४ जना थुनुवा छन् ।
Facebook Comments


























