चितवन, असोज ३ । चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चन्द्रपुर नगरपालिका–५ बस्ने ५१ वर्षकी महिलाको आज विहान ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।
ती महिला भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन्। उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलामा उच्च रक्तचाप र थाइराइड सम्बन्धि समस्या थियो।
Facebook Comments


























