चितवन, असोज २ । चितवनमा कोरोना (कोभिड १९) संक्रमति थप एक पुरुषको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको गएराति सवा १२ बजे मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार ती पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो। गत भदौ २५ गते श्वासप्रश्वास तथा निमोनियाँको समस्या भई उनी अस्पताल भर्ना भएका थिए। उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
Facebook Comments


























